पृष्ठभूमि

भिरालो धरातलिय स्वरुपले बनेको यस गाउँपालिका समुन्द्र सतहबाट ३०० मीटर देखि १००० मिटर सम्मको उचाईमा फैलिएर रहेको छ । यस गाउँपालिकाकाे कुल क्षेत्रफल करिब १२६ वर्ग किलोमीटर रहेको छ । विश्व मानचित्रमा यो गाउँपालिका २७’ ७०’ ६” देखि २७’ ५८’ ४८” सम्मको उत्तरी अक्षांस र ८४’ ०१’ २१” देखि ८४’ ०५’ १.०४” पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ । यो पाश्र्वचित्र तयार गर्दा साविक गजरकोट गा.वि.स.को वडा नं. २,४,५,६,७ र घिरिङ्ग सुन्धारा गा.वि.स को वडा नं. ३ को तथ्यांकहरु संकलन गरि हालको वडा नं. १ निर्माण भएको छ, साविक गजरकोट गा.वि.स.को वडा नं. १,३,८ र घिरिङ्ग सुन्धाराको २,८,९ गरि हालको वडा नं. २ निर्माण भएको, साविक घिरिङ्ग सुन्धाराको वडा नं. ४,५,६,७ साभुङ्ग भगवतीपुरको ८ र माझकोटको ६ गरि हालको वडा नं. ३ निर्माण भएको, साविक घिरिङ्ग सुन्धारा १, राम्जाकोट ९ र साभुङ्ग भगवतीपुर गा.वि.स १,५,९ गरि वडा नं. ४ निर्माण भएको र साविक साभुङ्ग भगवतीपुर गा.वि.स.को वडा नं. ३,४,६ र ७ गरि वडा नं. ५ नयाँ वडाहरु निर्माण भएको हो । यसरी यो गाउँपालिका साविक गजरकोट गा.वि.सको ८ वटा वडा, साभुङ्ग भगवतीपुर गा.वि.स को ८ वटा वडा घिरिङ्ग सुन्धाराको ९ वडा, राम्जाकोट गा.वि.स.को १ वटा वडा, माझकोट गा.वि.स.को १ वटा वडा मिलि बनेको छ । यस गाउँपालिकाको पूर्वमा ऋषिङ गाउँपालिका, पश्चिममा स्यांजा जिल्ला, उत्तर भिमाद ना.पा. र दक्षिणमा नवलपरासी बाैदीकाली गाउँपालिका र पाल्पा जिल्लाकाे रामपुर नगरपालिका पर्दछन्। राजनैतिक विभाजनका हिसाबले याे गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा र इलाका नं. ९ अन्तरगत रहेको छ । यस गाउँपालिकाको प्रशासनिक कार्य साविक वडा नं. ६ र हालको वडा नं. ३ मा रहेको गाउँपालिकाकाे कार्यालयबाट हुने गरेको छ ।

Read More  

वडाहरु

घरधुरी

३३७१

जनसंख्या

१६७४१

पुरुष जनसंख्या

८५१९

महिला जनसंख्या

८१२५

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

भौगोलिग विवरण
  • पुरुष २०२१
  • महिला १९१३
  • जम्मा(पुरुष + महिला) ३९६३
  • ( घरधुरी ) ८५९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६३६
  • महिला १५२०
  • जम्मा(पुरुष + महिला) ३१६९
  • ( घरधुरी ) ५४७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १८१०
  • महिला १६८३
  • जम्मा(पुरुष + महिला) ३५१६
  • ( घरधुरी ) ५९४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १५६५
  • महिला १५३२
  • जम्मा(पुरुष + महिला) ३११३
  • ( घरधुरी ) ७१८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १५०३
  • महिला १४८५
  • जम्मा(पुरुष + महिला) ३००६
  • ( घरधुरी ) ६५३
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि ७०३७
ब्यापार १४९
बैदेशिक रोजगारी ११५१
सरकारी नोकरी ७५
शिक्षक १०६
गैर सरकारी जागिर / नोकरी १६२
ज्याल मजदुर २२७
यातायात मजदुर १०५
ओधोगिक मजदूर १८
उद्यमी १८
स्वरोजगार ४१
बेरोजगार ४४६
गृहणी १६५५
विद्यार्थी १९८०
राजनीति सदस्य १५

नक्शा